प्रतिनिधिसभामा १२ दल, कसको शक्ति कति ?
प्रतिनिधिसभामा १२ दल, कसको शक्ति कति ? काठमाडौं । प्रतिनिधिसभामा आगामी पाँच वर्ष १२ दलको प्रतिनिधित्व निश्चित भएको छ । सातवटा दलले राष्ट्रिय मान्यता पाएका छन् भने पाँचवटा दलले राष्ट्रिय मान्यताबिनै संसदमा प्रतिनिधित्व गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी राष्ट्रिय मान्यता पाउने पुरानै दल हुन् । नयाँ राष्ट्रिय मान्यता पाउने दलहरु राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी हुन्। गत ०७४ को चुनावमा राष्ट्रिय मान्यता पाएको लोकतान्त्रिक समाजवादी पार्टीले यसपालि तीन प्रतिशत थ्रेसहोल्ड कटाउन सकेन। मधेसबाट राष्ट्रिय जनमत पार्टीले राष्ट्रिय मान्यता पाएको छ । राष्ट्रिय मान्यता पाएका दलमध्ये नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सिट जितेको छ । समानुपातिकतर्फ कांग्रेसले २६.९५ प्रतिशत मत पाएको छ । २०७४ को चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० समेत कुल ६३ सिट जितेको थियो । यसपालि उसले २६ सिट थपेको छ । नेकपा एमालेले समानुपातिकतर्फ ३४ र प्रत्यक्षतर्फ ४४ गर...